Kathmandu Press

श्रीलंकाविरुद्ध सिराजले लिए एकै ओभरमा ४ विकेट

सिराजले चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैठौं बलमा विकेट लिए। उनले पाथुम निसंका, सदिरा समराविक्रमा, धनन्जय डि सिल्भा र दसुन सनकाको विकेट लिए।
श्रीलंकाविरुद्ध सिराजले लिए एकै ओभरमा ४ विकेट

काठमाडाैं, भदाै ३१ : जारी एसिया कपको फाइनलमा भारतीय फास्ट बलर मोहम्मद सिराजले घातक बलिङ गरेका छन्। सिराजले एकै ओभरमा ४ विकेट लिए पछि श्रीलंका सुरुआतमै दबाबमा परेको छ।

सिराजले चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैठौं बलमा विकेट लिए। उनले पाथुम निसंका, सदिरा समराविक्रमा, धनन्जय डि सिल्भा र दसुन सनकाको विकेट लिए।

Hardik ivf

योसँगै उनी एकदिवसीय क्रिकेटमा एकै ओभरमा ४ विकेट लिने चौथो खेलाडी बनेका छन्। यसअघि यो उपलब्धी श्रीलंकाकै चामिन्दा भासले सन् २००३मा बंगलादेशविरुद्ध, सन् २००३ मै पाकिस्तानका मोहम्मद सामीले न्युजिल्यान्डविरुद्ध र सन् २०१९मा इंग्ल्यान्डका अदिल रसिदले वेस्टइन्डिजविरुद्ध यो उपलब्धी हाँसिल गरेका थिए।

यस्तै, एक ओभरमा ४ विकेटसँगै सिराज सर्वाधिक थोरै बलमा ५ विकेट लिने चामिन्दा भारको कीर्तिमान बराबरी गरेका छन्। जारी खेलमा सिराजले श्रीलंकाविरुद्ध १६ बलमा ५ विकेट लिए। भासले बंगलादेशविरुद्ध पनि १६ बलमै ५ विकेट लिएका थिए।

सिराजले ५ विकेट लिएपछि पहिला ब्याटिङ गरेको श्रीलंकाले १० ओभरको ६ विकेटको क्षतिमा ३१ रन बनाएको छ। सिराजका अलावा जस्प्रित बुमराहले १ विकेट लिए।

 

 

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्