Kathmandu Press

प्रियंकापछि आयुष्मानका ‘ब्याचलर्स पार्टी’का फोटो भाइरल

काठमाडौं, फागुन ११ : नायक आयुष्मान देशराज र प्रियंका कार्कीका ‘ब्याचलर्स पार्टी’का तस्बिर भाइरल भएका छन्।

यतिवेला नायक आयुष्मान ....

प्रियंकापछि आयुष्मानका ‘ब्याचलर्स पार्टी’का फोटो भाइरल

काठमाडौं, फागुन ११ : नायक आयुष्मान देशराज र प्रियंका कार्कीका ‘ब्याचलर्स पार्टी’का तस्बिर भाइरल भएका छन्।

यतिवेला नायक आयुष्मान पाँचजना साथीसँगै पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन्। उनले इन्स्टाग्राममा राखेका तस्बिर भाइरल भएका हुन्।

यस अघि नायिका प्रियंका सार्थीसँगै थाइल्यान्ड पुगेकी थिइन्। उनले थाइल्इयान्डमा मनाएको ‘ब्याचलर्स पार्टी’का तस्बिर पनि भाइरल भएका थिए।

दुवै समूहले खिचेका छुट्टाछुट्टै तस्बिरहरू भएपनि उस्ताउस्तै लाग्छन्। धेरैले उनीहरूका ब्याचलर्स पार्टीका तस्बिर मन पराएका छन्।

प्रियंका र आयुष्मान फागुन १५ गते लगनगाँठो कस्दै छन्। उनीहरूको एक वर्ष अघि इन्गेजमेन्ट भएको थियो।

प्रियंकाले थाइल्यान्डमा मनाएकाे ‘ब्याचलर्स पार्टी’काे तस्बिर।

प्रकाशित मिति: १४:४० बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्