Kathmandu Press

‘भूत’ले दुई दिनमा कमायो १० करोड ५० लाख

काठमाडौं, फागुन ११ : बलिउड स्टार विकि कौशलको फिल्म ‘भूत’ले बक्स अफिसमा ततहल्का मच्चाएको छ। दोस्रो दिन पनि भूतको कमाई बढेको छ।

बक....

‘भूत’ले दुई दिनमा कमायो १० करोड ५० लाख

काठमाडौं, फागुन ११ : बलिउड स्टार विकि कौशलको फिल्म ‘भूत’ले बक्स अफिसमा ततहल्का मच्चाएको छ। दोस्रो दिन पनि भूतको कमाई बढेको छ।

बक्स अफिस इन्डिया डट कमका अनुसार, पहिलो दिन शुक्रबार पाँच करोड भारतीय रुपैयाँ कमाएको थियो। दोस्रो दिन शनिबार त्योभन्दा बढी कमाएको छ।

दोस्रो दिन पाँच करोड ५० लाख भारतीय रुपैयाँ कमाएको हो। यो फिल्मको कमाई दुई दिनमै १० लाख ५० हजार भारतीय रुपैयाँ पुगेको छ।

यसलाई दर्शक र समीक्षकले प्रशंसा गरेका छन्। यसको कमाइ अझै बढ्ने अनुमान गरिएको छ।

यो फिल्ममा विकिसँगै भूमि पेड्नेकर, आशुतोष राणा र सिद्धार्थ कपूरको अभिनय रहेको छ।

 

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्