Kathmandu Press

एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

नेपाली टिममा लामो समयपछि विकेटकपर ब्याट्सम्यान विनोद भण्डारी, फास्ट बलर अविनाश बोहरा र अलराउन्डर विवेक यादवले पुनरागमन गरेका छन्।
एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडाैं, भदाै २९ : नेपाल क्रिकेट संघ (क्यान)ले चीनमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ। क्यानले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

नेपाली टिममा लामो समयपछि विकेटकपर ब्याट्सम्यान विनोद भण्डारी, फास्ट बलर अविनाश बोहरा र अलराउन्डर विवेक यादवले पुनरागमन गरेका छन्।

मुख्यप्रशिक्षक मोन्टी देसाईले एसिया कप खेलेका १२ खेलाडीलाई समेटेका छन्। एसिया कप खेलेका आरिफ सेख, भीम सार्की र अर्जुन साउद एसियन गेम्सको टिममा अटाए। टि–२० फर्म्याटमा हुने भएकाले उनीहरुलाई टिमबाहिर राखिएको हो।

एसियन गेम्समा नेपाल समूह एमा छ । यो समूहमा नेपालले मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ। समूह चरण पारगरे नेपालले क्वार्टरफाइलनमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग खेल्ने छ।

नेपाली टिमः रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, सोमपाल कामी, विवेक यादव, करण केसी, सन्दीप लामिछाने, सन्दीप जोरा, प्रतिश जिसी, अविनाश बोहरा, ललित राजवंशी ।

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्