सुनको मूल्य ७८ हजार ८ सय रुपैयाँ
काठमाडौं, फागुन ११ : सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ। शुक्रबार नेपालीमा बजारमा सुन प्रतितोला ७८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ।
काठमाडौं, फागुन ११ : सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ। शुक्रबार नेपालीमा बजारमा सुन प्रतितोला ७८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा आइतबार सात सय रुपैयाँले बढेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ।
महासंघका अनुसार, तेजाबी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला नौ सय २० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य भने यथास्थितिमा रहेको छ।
कोरोना भाइरसका कारण विश्व बजारमा सुनको मूल्य बृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ। सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

-1754206481.jpg)