पर्वतमा ‘किङकोब्रा’ भेटियो
पर्वत, भदौ २८ : पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ ।
चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए।
यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा नं १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो ।
प्रकाशित मिति: १६:३० बजे, बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवि लामिछानेले अदालत परिसरमा दिएको अभिव्यक्तिबारे गृहमन्त्रीको चासोसोमबार, कात्तिक ५, २०८१
नेपालमा वैकल्पिक शक्ति आवश्यक छ : बाबुराम भट्टराईसोमबार, कात्तिक ५, २०८१
अमेरिका जाँदै अर्थमन्त्री पौडेलसोमबार, कात्तिक ५, २०८१
प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी- अरू पार्टीलाई सिध्याउने खेलमा नलाग्नुस्सोमबार, कात्तिक ५, २०८१