Kathmandu Press

इन्ट्रापेड डिएमसी नेपालको ‘ब्लु ड्रागन म्याराथन वाक’

इन्ट्रापेड डिएमसी नेपालको ‘ब्लु ड्रागन म्याराथन वाक’

काठमाडाैं, भदाै २९ : इन्ट्रापेड डिएमसी नेपालले ‘ब्लु ड्रागन म्याराथन वाक’ आयोजना गरेको छ। इन्ट्रापेडले भियतनाममा सडक बालबालिका र गरिबीका कारण विद्यालय छाड्न बाध्य  बालबालिकालाई सहयोग जुटाउन २१ किलोमिटरका ‘ब्लु ड्रागन म्याराथन वाक’ आयोजना गरेको हो।

इन्ट्रापेडले दोस्रो वर्ष ‘ब्लु ड्रागन म्याराथन वाक’ आयोजना गरेको हो।

लाजिम्पाटबाट सुरु भएको सो म्याराथन वाक महाराजगञ्ज, हात्तिगौंडा, इटालिटार, जगडोल, सुकेधारा, धम्बाराही हुँदै लाजिम्पाट नै आएर टुंगिएको थियो। म्याराथन वाकमा ३० जनाले सहभागीता जनाएको इन्ट्रापेडले जनाएको छ।

IMG_20230911_162020_7331694686479.jpg

म्याराथन वाकबाट १ लाख १० हजार ९ सय ९ रुपैयाँ संकलन भएको इन्ट्रपेडले जनाएको छ। इन्ट्रापेडले भितनामको ब्लु ड्रागन फाउन्डेसनमार्फत बालबालिकालाई सहयोग गर्न विश्वभर यस्ता कार्यक्रम गर्दै आइरहेको छ।

अष्ट्रेलिया मुख्यालय रहेको इन्ट्रापेड ट्राभलको नेपाल, भुटान, सिंगापुर, अमेरिका, भियतनामलगायतका थुप्रै देशमा कार्यालय रहेको छ ।

IMG_20230911_162117_2221694686505.jpg

IMG_20230911_162218_8231694686571.jpg

IMG_20230911_162157_0111694686551.jpg

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्