Kathmandu Press

गैरआवासीय नेपालीलाई लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान

स्पेन, फागुन ११ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन्।

गैरआवासीय नेप....

गैरआवासीय नेपालीलाई लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान

स्पेन, फागुन ११ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन्।

गैरआवासीय नेपाली सङ्घ स्पेनले बार्सिलोनामा आयोजना गरेको छलफल तथा अन्तक्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताए। नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उनले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गरे।

Hardik ivf

‘गैरआवासीय नेपालीहरुको सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको छ। संसद्मा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ,’ उनले भने। विधेयक गैरआवासीय नेपालीका पक्षमा सकारात्मक भएको उनको भनाइ थियो।

कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता विधेयक, स्पेन र नेपालको कूटनीतिक सम्बन्ध र  भ्रमण वर्षबारे अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत फुटी शेर्पाले स्पेनमा रहेका नेपाली समुदायको समस्या समाधानका लागि राजदूतावास निरन्तर लागिपरेको बताउँदै भ्रमण वर्ष  प्रचारप्रसारका लागि पनि विभिन्न सङ्घसस्थासँग सहकार्य भइरहेको बताइन्।

गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली नागरिकले नेपालमा लगानी गर्न निकै झन्झटिलो भएकाले लगानी वातावरण सहज बनाइदिन नेपाल सरकारले चासो दिनुपर्ने बताए।

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औंँ उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्यान्ड आउने क्रममा स्पेनमा पुगेका हुन्।

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्