Kathmandu Press

बागमती करिडोरलाई सिंगार्ने काम सुरू

काठमाडौं, फागुन ११ : बागमती एकीकृत सभ्यता विकास समितिले बागमती करिडोरमा ब्युटिफिकेसनको काम सुरू गरेको छ। मुआब्जा विवादले रोकिएको काम १० महिनापछि पुनः ....

बागमती करिडोरलाई सिंगार्ने काम सुरू
स्केच

काठमाडौं, फागुन ११ : बागमती एकीकृत सभ्यता विकास समितिले बागमती करिडोरमा ब्युटिफिकेसनको काम सुरू गरेको छ। मुआब्जा विवादले रोकिएको काम १० महिनापछि पुनः सुरू गरिएको हो।

सन् २०१९ भित्रै सक्ने योजनासहित अगाडि बढेको बागमती ब्युटीफिकेसनको काम मुआब्जा विवादले रोकिएको थियो। जग्गाको मुआब्जासम्बन्धी विवाद नमिल्दा १० महिनादेखि काम ठप्प भएको थियो।

Hardik ivf

गोकर्णेश्वरदेखि तिलगंगासम्म बागमती करिडोर ब्युटिफिकेसनाको लागि भौतिक पूर्वाधार मन्त्रालयले लगभग सम्पन्न गर्न लागेको थियो। तर, जग्गा धनीले मुआब्जा नदिएसम्म रंगरोगन गर्न, फूल रोप्न, बगैँचा बनाउन नदिने अडान लिएपछि काम ठप्प भएको थियो।

गोकर्णेश्वरदेखि गुहेश्वरीसम्मको आठ किलोमिटरमा मुआब्जा समस्याले काम अघि बढ्न सकेको थिएन। बागमती किनारमा व्यक्तिका नाममा रहेको झन्डै एक सय ८८ रोपनी जग्गाको क्षतिपूर्ति नपाएको भन्दै पीडितले लामो समयदेखि काममा अवरोध गरेका थिए।

त्यसक्षेत्रमा रेलिङ राख्ने, ढलान गर्ने काम सकिएको छ। तर, नारायणटारको पूल छेउदेखि गुहेश्वरीसम्म मुआब्जा विवाद नमिल्दा सोचेकोजस्तो सिगारपटार गर्न नसकिएको बागमती एकीकृत सम्भता विकास समितिका सीडीई योगेन्द्र चित्रकारले बताए।

उनका अनुसार बागमतीको किनारमा गोकर्णदेखि तिलगंगासम्म ब्युटिफिकेसन गर्न लागिएको हो। ‘अब काम सुरू भएको छ।  कुनै बाधा आएन भने चार महिनामा सम्पन्न हुन्छ,’ उनले काठमाडौं प्रेससँग भने।

एसियन डेभ्लपमेन्ट बैंकको तीन अर्ब रुपैयाँ सहयोगमा बागमती करिडोर ब्युटिफिकेसनको काम थालनी गरिएको हो। बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार, अब बागमती ब्युटिफिकेसनको काम २५ प्रतिशत बाँकी छ।

जोसँग लालपूर्जा छ र सरकारलाई तिरो तिर्दै आएका छन् उनीहरूलाई क्षतिपूर्ति र मुआब्जा दिन शहरी विकास मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको थियो। संसदीय समितिले निर्देशन दिएपछि क्षतिपूर्ति र मुआब्जा वितरण गर्न मन्त्रालय राजी भएको हो। यससँगै ब्युटिफिकेसनको काम सुरू भएको हो।

प्रकाशित मिति: १०:२६ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्