Kathmandu Press

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

सामेबार म्यानमारको याङगुनस्थित थुवुना रंगशालामा भएको खेलमा अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपाल घरेलु टोलीसँग १–०ले पराजित भयो।
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडाैं, भदाै २५ : म्यानमारविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। सामेबार म्यानमारको याङगुनस्थित थुवुना रंगशालामा भएको खेलमा अन्तिम ५ मिनेट सम्हालिन नसक्दा नेपाल घरेलु टोलीसँग १–०ले पराजित भयो।

प्रतिस्पर्धात्मक बनेको खेलमा म्यानमारले नेपालविरुद्ध ८६औं मिनेटमा अकाउन्टरमा गोल गरेको थियो। म्यानमारका विन न्याङ तुङले गोल गरेका थिए।

यसअघि शुक्रबार भएको मैत्रीपूर्ण खेल अञ्जन विष्टले पेनाल्टी चुकाउँदा गोलरहित बराबरीमा सकिएको थियो।

नेपाली टिम विश्वकप छनोटको तयारीका लागि २ मैत्रीपूर्ण खेल खेल्न म्यानमार पुगेको थियो।

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्