Kathmandu Press

चेल्सीसँग टोटनहम पराजित

काठमाडौं, फागुन ११ : प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्त....

चेल्सीसँग टोटनहम पराजित

काठमाडौं, फागुन ११ : प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले समान एक–एक गोल गरेका थिए । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

४८ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर रुडीगरले आत्मघाती गोल गरेका थिए । जितसँगै २७ खेलबाट ४४ अंक जोडेको चेल्सीले शीर्ष चारको सम्भावनालाई बलियो बनाएको छ ।

चौथो स्थानमा रहेको चेल्सीले पाँचौ स्थानमा रहेको टोटनहममाथि ४ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट ४० अंक रहेको टोटनहम पाँचौं स्थानमा छ ।

प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्