Kathmandu Press

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमित एकैदिन मै दोब्बरले वृद्धि

सिओल, फागुन ११ : दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमितमा एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार शुक्रबार २ सय....

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमित एकैदिन मै दोब्बरले वृद्धि
Hardik ivf

सिओल, फागुन ११ : दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमितमा एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार शुक्रबार २ सय २९ संक्रमित देखिएकोमा शनिबार संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।

प्रधानमन्त्री चुङ्ग स्ये–क्यिुनले त्यहाँको अवस्थालाई गम्भीर बताएका छन् । दक्षिण पूर्वी शहर देइगु आसपासका अस्पताल र त्यहाँका धार्मिक समूहमा नयाँ संक्रमित पाइएको अधिकारीले बताएका छन् । दक्षिण कोरियामा दुई बिरामीको मृत्यु भएको र मृतकको संख्या वृद्धि हुने हो कि भन्ने त्रास फैलिएको छ । देइगु र छियोङ्दो नजिकैको इलाका–जहाँ अस्पताल छ– लाई ‘स्पेशन केयर जोन’ घोषित गरिएको छ ।

देइगुका सडकमा मानिसहरुको आवतजावत लगभग रोकिएको छ । चीनपछि दक्षिण कोरियामा संक्रमितको संख्या धेरै देखिएको छ । चीनमा अहिलेसम्म २ हजार ३ सय ४५ को मृत्यु भइसकेको छ भने ७६ हजार २ सय ८८ जना संक्रमित छन् ।

प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्