Kathmandu Press

दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारसँग भीड्दै नेपाल

खेल थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार अपरान्ह ४ः१५मासुरु हुनेछ।
दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारसँग भीड्दै नेपाल

काठमाडौं, भदौ २५ : नेपाली राष्ट्रिय फुटबल टिमले आज घरेलु टोली म्यान्मारसँग दास्रो मैत्रीपूर्ण खेल खेल्दै छ।

विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। खेल थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार अपरान्ह ४ः१५मासुरु हुनेछ।

गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । खेलमा अञ्जन विष्टले पेनाल्टी चुनकाउँदा नेपालले पहिलो पटक म्यानमारलाई हराउने अवसर गुमाएको थियो।

सिनियर खेलाडीहरु विदेश पलायन भएकाले मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नेपाली टिममा युवा खेलाडीहरुलाई मौका दिएका छन्।

पहिलो खेलमा उनले जिलेस्पीजंग कार्की र हिबसु थापालाई राष्ट्रिय टिममा डेब्यू गराएका थिए।

 

प्रकाशित मिति: ११:२७ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्