Kathmandu Press

कोरोना भाइरस: हवाइ यात्राको माग ११ वर्षमा पहिलो पटक घट्ने

कोरोना भाइरसका कारण विश्वको हवाइ यात्राको माग ११ वर्षमा पहिलो पटक घट्ने अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आइएटिए) ले पूर्वानुमान गरेको छ।

कोभिड १९ भाइरसको प्....

 कोरोना भाइरस: हवाइ यात्राको माग ११ वर्षमा पहिलो पटक घट्ने

कोरोना भाइरसका कारण विश्वको हवाइ यात्राको माग ११ वर्षमा पहिलो पटक घट्ने अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आइएटिए) ले पूर्वानुमान गरेको छ।

कोभिड १९ भाइरसको प्रकोपका कारण यात्रु संख्या घट्दा एयरलाइन उद्योगलाई यो वर्ष २९.३ अर्ब अमेरिकी डलर घाटा हुने आइएटिएले चेतावनी दिएको छ।

Hardik ivf

प्रभावको प्रारम्भिक मूल्याङ्कनमा सन् २०२० मा विश्व हवाइ यात्राको माग ४.७ प्रतिशतले घट्ने अनुमान गरेको आइएटिएले अपेक्षा गरेको जनाएको छ। सन् २००८ ०९ को विश्व आर्थिक संकटपछि समग्र माग घटेको यो पहिलो पटक हो।

“एयरलाइनले क्षमता र केही स्थानको उडान कटौती गर्ने कठिन निर्णय गरिरहेका छन्। सस्तो इन्धनले थोरै भए पनि घाटा पूरा हुनेछ,” आइएटिएका महानिर्देशक तथा कार्यकारी प्रमुख एलेक्जान्डर डि जुनियाकले भने,“एयरलाइन्सका लागि यो वर्ष निकै कठिन हुन्छ।”

एसिया प्रशान्त क्षेत्रका एयरलाइन्सले ठूलो आर्थिक प्रभाव झेल्नु पर्नेछ। त्यहाँको आर्थिक घाटा २७.८ अर्ब अमेरिकी डलरले घट्नेछ। यसको अधिकांश हिस्सा चीनले बेहोर्नेछ। चीनसँग जोडिएका बजारमा माग घट्ने अनुमान गर्दा एसिया प्रशान्त क्षेत्रबाहेक अन्यत्रका एयरलाइन्सलाई यो वर्ष करिब १.५ अर्ब अमेरिकी डलर घाटा हुनेछ।

“कोभिड १९ का कारण मागमा तिव्र कमी आउनाले एयरलाइन्समा आर्थिक प्रभाव पर्नेछ। चीनको बजारसँग जोडिएकाले अझ धेरै घाटा बेहोर्नुपर्नेछ,” आइएटिएले उल्लेख गरेको छ।

आइएटिएको मूल्याङ्कन चीनबाट कोरोना भाइरसको संकट बाहिर नफैलिएको अवस्थामा मात्रै आधारित भएको डि जुनियाकले चेतावनी दिएका छन्। उनले भने,“एसिया प्रशान्त क्षेत्रका बजारमा व्यापक रूपमा फैलिएको खण्डमा अन्य क्षेत्रका एयरलाइन्समा पनि ठूलो प्रभाव पर्नेछ।”
 

प्रकाशित मिति: ०६:३८ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्