Kathmandu Press

इन्स्टामा चर्चित ‘कोहली डान्स’

काठमाडौं, फागुन १० : अहिले सोसल मिडियाको जामाना छ। विभिन्न ठूला घटना, समाचारको सञ्चारमाध्यम होइन, सोसल मिडियाबाटै हुने गरेका छन्।

अधिका....

इन्स्टामा चर्चित ‘कोहली डान्स’

काठमाडौं, फागुन १० : अहिले सोसल मिडियाको जामाना छ। विभिन्न ठूला घटना, समाचारको सञ्चारमाध्यम होइन, सोसल मिडियाबाटै हुने गरेका छन्।

अधिकांशको सूचनाको माध्यम हो सोसल मिडिया। सोसल मिडियाको एउटा पोस्टले कसैले रातारात हिट बनाउँछ भने कसैलाई क्षणभरमै ‘हिरोबाट जिरो’ पनि बनाउँछ। 

Hardik ivf

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पनि अहिले सोसल मिडियामा चर्चित छन्। पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका कोहली आफ्नो खेलका कारण होइन, एउटा तस्वीरका कारण चर्चामा आएका हुन्।

भारतीय क्रिकेटको टिमको इन्स्टाग्रामको अकाउन्टमा विराटको एउटा फोटो पोस्ट गरियो। मैदानमा डान्स गर्दै गरेको जस्तो देखिने विराटको फोटो पोस्ट गर्दै ‘क्याम्सन के हुनसक्छ ? सुझाव दिनुहोस्’ भनिएको थियो। फोटो केही क्षणमै भाइरल भयो। 

थुप्रैले ‘कोहली डान्स’ भन्दै शेयर गरेका छन् भने कसैले ‘सिंहको जस्तो खेल, रजहाँसको जस्तो डान्स’ पनि भनेका छन्। कोहलीको त्यो फोटोमा ८ लाख ४७ हजारभन्दा बढीले लाइक गरेका छन्।  कोहलीको त्यो फोटोमा भारतीय टिमकै सदस्य श्रेयस ऐयरले पनि क्याप्सन दिएका छन्।

उनले लेखेका छन्, ‘के घुंघरु भाँचियो।’ ऐयरको त्यो कमेन्टमा ११ हजारभन्दा बढीले रिप्लाइ गरेका छन्। त्यसमा कोहलीले पनि ‘रमाइलो साथीको महान विचार’ भन्दै रिप्लाइ गरेका छन्। कोहलीको त्यो फोटो न्यूजिल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज अघिको हो। भारत र न्यूजिल्यान्डबीचको पहिलो टेस्ट बिहीबारबाट विलिंघटनम सुरु भएको छ।

खराब ब्याटिङ गरेको भारत पहिलो पारीमा १६५ रनमै अलआउट भयो। पछिल्ला १९ पारी यता शतक बनाउन असफल रहेका कोहली पहिलो पारीमा २ रनमै आउट भएका थिए। 
 
 

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, फागुन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्