Kathmandu Press

मुगु सुकाढीकको झुगोलास्थित नवनिर्मित बेलिब्रिज प्रयोगविहीन

तेस्रो सातामा निर्माण कार्य सम्पन्न भै उद्घाट पश्चात सवारी साधन ओहोर दोहोर हुँदै आएको बेलिब्रिज वर्षाले खत्याडका विभिन्न ठाँउमा सडक बिगारे पछि दुई महिनादेखि प्रयोगविहिन बनेको हो।
मुगु सुकाढीकको झुगोलास्थित नवनिर्मित बेलिब्रिज प्रयोगविहीन

मुगु, भदाै २४ : वर्षाका कारण सडक बिग्रिएपछि मुगु सुकाढीकको झुगोला स्थित नव निर्मित बेलिब्रिज प्रयोगविहीन भएको छ।

गत वैशाखको तेस्रो सातामा निर्माण कार्य सम्पन्न भै उद्घाट पश्चात सवारी साधन ओहोर दोहोर हुँदै आएको बेलिब्रिज वर्षाले खत्याडका विभिन्न ठाँउमा सडक बिगारे पछि दुई महिनादेखि प्रयोगविहिन बनेको हो।

करिब ३ करोड ६० लाखको लागतमा निर्माण गरिएको बेलिबृजले सिङ्गो खत्याड गाँउपालिकाका ११ वटै वडाका वासीन्दाहरुलाई सुविधा दिनुको साथै बाजुरा लगाएत सुदुरपश्चिम बाट रारा हेर्न आउने पर्यटकहरुलाई समेत सहज हुन थालेको थियो।

कर्णाली करिडोरसंग मुगु जिल्ला जोड्ने बेलिबृज बने पछि रारा हेर्ने पर्यटक लगायत मुगु सुदुर पश्चिम संग समेत जोडिएको थियो। असारको तेस्रो साता बाटा आएको अविरल वर्षाले खत्याड गाँउ पालिकाको ठाँउ ठाँउमा आएको बाढी र पैह्रोले सडकलाई क्षेत बिक्षेत बनाई दिए पछि अहिले मानिसहरुलाई समेत जरुरी कामले ओहोर दोहोर गर्न समेत निकै मुस्किल हुने गरेको देखिन्छ।

भत्केको सडक बनाउने काममा खत्याड पालिकाले समयमै चासो नदेखाँउदा खत्याडवासीलाई आवत जावत गर्न सकस भएको सर्वसाधारणहरुको गुनासो छ।

सडक बिग्रे पछि विरामीलाई जिल्ला बाहिर र स्थानीय अस्पताल सम्म पनि लैजान मुस्किल हुने गरेको छ। वर्षा नरोकिएकाले सडक सुधार गर्दा फेरी पैरो जान सक्ने भएकाले बर्षा रोकिए पछि तत्काल सडक मर्मत गर्ने खत्याड गाँउ पालिकाले जनाएको छ।

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्