Kathmandu Press

व्यास नगर साइनिङ स्टारको उपाधि रानालाई

व्यास नगर साइनिङ स्टारको उपाधि रानालाई

तनहुँ, भदौ २३ : जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधिबाट सदीक्षा राना विजयी भएकी छिन्। गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन्। 

उपाधि चुम्न सफल रानाले रू २५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छिन्। आभा श्रेष्ठ फस्ट रनरअप बन्दै रू १५ हजार २३ र सदीक्षा थापामगर सेकेण्ड रनरअप बन्दै रू १० हजार २३ बाट घोषित भएका छन्। 

Hardik ivf

उक्त प्रतियोगितामा १० वर्षमाथिका र १५ वर्षमुनिका दुई बालकसहित २० बालबालिका सहभागी रहेको जेसिआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिनुभयो। सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएको जेसिआईले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए। 

कोरोनापछिको दोस्रो प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ। कोरोनाको अवधिमा प्रतियोगिता गर्न नसकिए पनि अहिले सहज परिस्थिति भएकाले निरन्तरता दिन थालिएको श्रेष्ठले बताए। उनका अनुसार नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती र कला संस्कृतिलगायतका क्षेत्रमा जेसिआईले जोड दिँदै आएको छ।
 
श्रेष्ठका अनुसार बालबालिकालाई विभिन्न प्रशिक्षकबाट एक महिनासम्म तालिम प्रदान गरी प्रतियोगितामा सहभागी गराइएको हो। विजयी प्रतियोगीलाई नगरप्रमुख बैकुण्ठ न्यौपाने, जेसिआई नगरका अध्यक्ष राजु रानालगायतकाले पुरस्कार प्रदान गरेका थिए। उत्कृष्ट १० अवार्डबाट विभिन्न व्यक्तिलाई पुरस्कृतसमेत गरिएको छ। 

प्रकाशित मिति: १७:१० बजे, शनिबार, भदौ २३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्