Kathmandu Press

ऋतिक रोशनले जिते उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं, फागुन १० : बलिउड अभिनेता ऋतिक रोशनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।

मुम्बईमा आयोजित दादासहेब इन्टरनेश्नल फिल्म फेस्टिव....

ऋतिक रोशनले जिते उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं, फागुन १० : बलिउड अभिनेता ऋतिक रोशनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।

मुम्बईमा आयोजित दादासहेब इन्टरनेश्नल फिल्म फेस्टिवलमा फिल्म ‘सुपर ३०’ बाट ऋतिकले यो अवार्ड जितेका हुन्। 

विहारका गणित विषेशज्ञ आनन्द कुमारको जीवनमा बनेको फिल्म ‘सुपर ३०’ गत वर्ष जुलाईमा रिलिज भएको थियो। दुई सय करोडमाथिको व्यापार गरेको ‘सुपर ३०’ गत वर्षको बलिउडको सफल फिल्ममध्येमा पर्छ। 

फिल्ममा ऋतिक आनन्द कुमारको भूमिमा छन्, जो गरिब बच्चालाई निःशुल्क पढाएर इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (आईआईटी) मा पुर्‍याउँछन्। ‘सुपर ३०’ को अभिनयलाई लिएर ऋतिकले निकै तारिफ पाएका थिए।

फिल्ममा बिहारी टोन र आफूलाई बिहारी रहनसहनमा ढाल्न ऋतिकले निकै मेहनत गरेका छन्। सुपर ३० ऋतिकका लागि मात्र नभएर परिवारकै लागि विशेष फिल्म भएको बताइएको छ।

सञ्जिब दत्तले लेखेको फिल्म विकास बहलले निर्देशन गरेका हुन्। फिल्ममा ऋतिकका अलावा मरुनल ठाकुर, वीरेन्द्र सक्सेना, आदित्य श्रीवास्तव लगायतको अभिनय छ। 
 

प्रकाशित मिति: १५:१४ बजे, शनिबार, फागुन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्