अञ्जन पेनाल्टीमा चुक्दा नेपाल म्यानमारसँग रोकियो
अञ्जनले पेनाल्टीमा गोल गर्न नसक्दा नेपालले म्यानमारलाई उसकै मैदानमा हराउने अवसर गुमायो।
स्टार स्ट्राइरक अञ्जन विष्ट पेनाल्टीमा चुकेपछि नेपाल म्यानमारसँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।
अञ्जनले पेनाल्टीमा गोल गर्न नसक्दा नेपालले म्यानमारलाई उसकै मैदानमा हराउने अवसर गुमायो। शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।
खेलमा नेपालले ५८औं मिनेटमा पेनाल्टीको अवसर पाउको थियो । अञ्जनको प्रहार म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोकेका थिए। डिबक्स भित्र म्यानमारका डिफेन्डरले ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।
पेनाल्टी चुकैसँगै अञ्जनले पनि नयाँ कीर्तिमान आफ्नो नाममा लेखाउनबाट चुके । यो गोल गरेको भए अञ्जनले हरि खड्का र निराजन रायामाझीको नाममा रहेको राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बरारबी गर्ने थिए। अञ्जन १२ गोल गरेका छन् भने हरि र निराजनले १३ गोल गरेका छन्।
फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो।
विश्वकप छनोटको तयारीका लागि नेपाली टिम २ मैत्रीपूर्ण खेल खेल्ने म्यानमार पुगेको हो। नेपाल र म्यानमारबीचको दोस्रो खेल सोमबार हुने छ।











