Kathmandu Press

सिञ्जामा खस पात्रो लागु

गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजजिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
सिञ्जामा खस पात्रो लागु

जुम्ला, भदौ २२ : नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ। 

गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजजिक गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

Hardik ivf

खस भाषाको संरक्षण र प्रवर्धनका लागि उक्त पात्रो पालिकामा लागू भई सञ्चालनमा आएको छ। गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा राष्ट्रिय क्यालेण्डरलाई प्रवर्धन गर्ने उद्देश्यले खस भाषामा महिनासमेत उल्लेख गरिएको छ। 

गाउँपालिका अध्यक्ष धितालले भने, 'खस पात्रोमा खस संस्कृति झल्किने कार्यक्रम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका मार्सी धानखेतीसहित बालीहरु, पुरातात्विक संरचना, ऐतिहासिक सिञ्जा उपत्यका, केदारनाथ क्षेत्रलगायत विभिन्न स्थान दस्तावेजीकरण गरिएको छ।' 

सोही पात्रोमा खस भाषाअनुसार महत्वपूर्ण तिथिमिति र दिवस पनि उल्लेख गरिएको गाउँपालिका उपाध्यक्ष शीतली रोकायाले जानकारी दिए। कक्षा १ देखि ३ सम्म  खस भाषाबाट पढाइसमेत हुने गरेको छ। ४ देखि ८ कक्षासम्म खस भाषाको पाठ्यक्रम तयार भइसकेको छ। आगामी वर्षको शैक्षिक सत्रबाट पढाइ गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताए।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, भदौ २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्