Kathmandu Press

सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ता झिकाउन आदेश

न्यायाधीश शकुन्तला कार्कीको बिहीबार भएको इजलासले पीडित किशोरी ‘गौशाला २६’को पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात झिकाउन आदेश दिएको हो।
सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ता झिकाउन आदेश

काठमाडौं,  भदौ २१ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको जन्मदर्ता झिकाउन आदेश दिएको छ।

न्यायाधीश शकुन्तला कार्कीको बिहीबार भएको इजलासले पीडित किशोरी ‘गौशाला २६’को पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात झिकाउन आदेश दिएको हो।

लामिछानेका कानुनव्यवसायीको मागपछि अदालतले सम्बद्ध निकायबाट किशोरीको स्पष्ट विवरण खुल्ने कागजात मगा गरेपछि अदालतले यस्तो आदेश दिएको हो।

सन्दीपको मुद्दा आज हेर्दाहेर्दैमा नराखिएपछि अर्को न्यायाधीशको इजलाशमा पेशी चढ्ने निश्चित भएको छ।

सर्वोच्च अदालतले फास्टट्रयाकबाट मुद्दाको सुनुवाई गर्न आदेश दिएपनि सन्दीपको मुद्दा लामो समयदेखि फैसला हुन सकेको छैन।

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्