Kathmandu Press

सन्दीपको मुद्दाको शकुन्तला कार्कीको इजलाशमा

काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको हो।
सन्दीपको मुद्दाको शकुन्तला कार्कीको इजलाशमा

काठमाडाैं, भदाै २१ : नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलाशमा परेको छ।

काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको हो। मुद्दाको पेशी तेस्रो नम्बरमा परेको छ।

भदौ १० गते सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि आजका लागि पेशी तोकिएको थियो।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालत काठमाडौंमा पटकपटक मुद्दाको पेशी सर्दै आएको छ।

 

प्रकाशित मिति: ११:३९ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्