Kathmandu Press

आर्मीलाई हराउँदै मच्छिन्द्र सताक्षी गोल्डकपको फाइनलमा 

चन्द्रगढी, फागुन ९ : त्रिभुवन आर्मी क्लब पुनः एकटक मच्छिन्द्र क्लबसँग पराजित भएको छ।  

झापामा जारी सताक्षी गोल्डकपको सेमिफाइनलमा म....

आर्मीलाई हराउँदै मच्छिन्द्र सताक्षी गोल्डकपको फाइनलमा 
फाइल

चन्द्रगढी, फागुन ९ : त्रिभुवन आर्मी क्लब पुनः एकटक मच्छिन्द्र क्लबसँग पराजित भएको छ।  

झापामा जारी सताक्षी गोल्डकपको सेमिफाइनलमा मच्छिन्द्रसँग पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो। ए डिभिजन लिगको अन्तिम खेलम पनि आर्मी मच्छिन्द्रसँगै पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो। 

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको खेलमा आर्मी मच्छिन्द्रसँग २–० ले पराजित भयो। मछिन्द्रको जितमा रेजिन सुब्बाले गोल गरे भने अर्को गोल मच्छिन्द्रले उपहार पाएको थियो। 

युवा स्ट्राइकर रेजिन सुब्बाले २१ औं मिनेटमा गोल गर्दै मन्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको मन्छिन्द्रले ७४ औं मिनेटमा अग्रता दोब्बर बनायो। आर्मीका डिफेन्डर विकास खवासले आफ्नै पोष्टमा गोल गरेपछि मच्छिन्द्रले सहज जित निकाल्यो। 

मच्छिन्द्रले अब उपाधिका लागि अर्को ए डिभिजन क्लब थ्रीस्टारको सामना गर्नेछ। फाइलन आइतबार हुने छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा आयोजक सताक्षीधाम क्लबलाई १–० ले हराउँदै थ्रीस्टार फाइलन पुगेको हो। 

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ३ लाख रुपैयाँ पाउने छ। सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउने छन्। यस्तै, विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ पाउने छन्।
 

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, फागुन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्