Kathmandu Press

लोमान्थाङमा ‘गल्फ च्यालेन्ज’ हुँदै

समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा अवस्थित सो गल्फ कोर्समा भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको हो।
लोमान्थाङमा ‘गल्फ च्यालेन्ज’ हुँदै

कास्की, भदौ २० : हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ।

समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा अवस्थित सो गल्फ कोर्समा भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको हो।

गण्डकी प्रदेश गल्फ संघले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं प्रदेश गल्फ संघका संयोजक इन्द्र धारा विष्टले जानकारी दिए।

उनका अनुसार मुस्ताङ गल्फ कोर्सको थप प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ।

प्रतियोगितामा पोखरा, काठमाडौँ, धरान, बुटवललगायतका सहरका ४० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा चार जना महिला खेलाडीसमेत सहभागी बन्नेछन् । यस वर्ष राष्ट्रिय खेलाडीमा सीमित प्रतियोगितामा आगामी वर्ष विदेशी खेलाडीसमेत सहभागी बन्ने विश्वास आयोजकको छ।

आयोजकका अनुसार इभेण्ट नौ होलमा तीनरचार ह्याण्डी क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ। प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बराबरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने छ।

यसैगरी विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ। ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाइमा रहेको छ।

यद्यपि यो ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज हुन बाँकी छ। यसअघि भारत सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ। सो गल्फ कोर्ष तीन हजार नौ सय ७० मिटरको उचाइमा छ।

‘गत वर्षको प्रतियोगिताले नै विश्वका गल्फ प्रेमीको ध्यान खिचिसकेको छ । एक पटक मुस्ताङको गल्फ कोर्समा गएर खेल्छु भन्ने गल्फरमा रहर जाग्नेछ । यसलाई निरन्तरता दिएर प्रचारप्रसार हुनसके मुस्ताङमा गल्फ पर्यटनको ढोका खुल्नेछ,’ विष्टले भने।

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्