Kathmandu Press

महिला विश्वकप एसिया छनोट : नेपाल र युएइबीचको खेल रद्द

मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अंक बाड्दै खेल टुंग्याए।
महिला विश्वकप एसिया छनोट : नेपाल र युएइबीचको खेल रद्द

काठमाडौं, भदौ २० : मलेसियामा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)  बीचको खेल वर्षाको कारण रद्द भएको छ।

मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अंक बाड्दै खेल टुंग्याए। यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो।  

दुवै टोलीले समान पाँच खेलमा ९ अंक जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन। नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ। नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ।

त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। थाईल्याान्ड पनि समान तीन खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। हङकङ र थाईल्यान्डबीचको खेल आजै हुनेछ। उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने युएईले उपविजेतासँग खेल्नेछ। 

यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो। नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो।

प्रकाशित मिति: ११:५० बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्