Kathmandu Press

राष्ट्रिय भलिबल खेलाडी मासिक ५ हजार तबल पाउने

अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, व्यवसायी र भलिबल खेलप्रेमीको सहयोगमा संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक ५ हजार रुपैयाँ दिन थालेको हो।
राष्ट्रिय भलिबल खेलाडी मासिक ५ हजार तबल पाउने

काठमाडाैं, भदाै १९ : नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले मासिक ५ हजार रुपैया तलब पाउने भएका छन्। नेपाल भलिवल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि मासिक पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेको हो।

अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, व्यवसायी र भलिबल खेलप्रेमीको सहयोगमा संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक ५ हजार रुपैयाँ दिन थालेको हो। संघले मंगलबार तीन महिनाको एकमुस्ट १५ हजारका दरले वितरण गरेको छ।

अहिले महिला तथा पुरुष राष्ट्रिय टिमका १२–१२ गरी २४ जना खेलाडी छन्।

संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ। पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरेका छन् ।  महिला टिमकी कप्तान अरुणा शाहीले पहिलो पटक पारिश्रमिक पाउँदा खुशी लागेको बताइन्।

त्यस्तै पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नियमित पारिश्रमिक पाउनेकुराले नेपाली भलिवल क्षेत्र थप बलियो हुने विश्वास व्यक्त गरे।

योसगै खेलाडीलाई तलब दिने भलिबल संघ चौथो संस्था भएको छ । यसअघि क्रिकेट, फुटबल र बुद्धिचालका खेलाडीले मासिक पारिश्रमिक बुझ्दै आएका छन् ।

 

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्