Kathmandu Press

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

काठमाडौं, फागुन ९ :  कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारी....

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

काठमाडौं, फागुन ९ :  कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको  बताएका छ्न्।

शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब चार सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो।

भाइरसको सङ्क्रमण रोक्ने प्रयास चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत संक्रमण भएको पाएपछि चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

Hardik ivf

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र दुई सय कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन्। 

यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको कारगाराका निर्देशकले जानकारी गराएका छन्। 

गतवर्ष अन्त्यमा भाइरस देखा परेको मध्य प्रान्त हुबेईको कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको जनाएको छ।

हुबेई प्रान्तमा बिहीबार चार सय ११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको पुष्टि गरेको थियो । तर केही समयपछि कारगारमा देखिएको सङ्ख्यासहित ६ सय ३१ जनामा सो भाइरसको सङ्क्रमण देखिएको जानकारी दिइएको छ।
 
यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन अझ बढी प्रभावित हुँदै गएको बताइएको छ । यहाँका विद्यालयहरु बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ।

त्यसैगरी बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा यस सङ्क्रमणका विरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउन आग्रह गरेको छ।

बेइजिङका फक्सिङ अस्पतालमा ३६ जना विरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि विरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको सङ्क्रमण देखिएको बताइएको छ।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्