Kathmandu Press

१८ वर्षपछि सेभिया फर्किए रामोस

१८ वर्षपछि सेभिया फर्किए रामोस

काठमाडाैं, भदाै १९ : स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस बाल्यकालको क्लब सेभिया फर्किएका छन्। ३७ वर्षीय रामोस १८ वर्षपछि पुनः सेभिया फर्किएका हुन्।

सेभियाबाटै फुटबल करिअरको सुरुआत गरेका उनी फ्रि ट्रान्सफरमा सेभिया आएका हुन्। उनल सेभियासँग १ वर्षको सम्झौता गरेका छन्।

सेभिया फर्कनुलाई रामोसले विशेष दिन मानेका छन्। उनी भन्छन्, ‘घर फर्कुन सधैं विशेष हुन्छ। म यहाँ फर्कंदा खुशी छु र सकेसम्म सहयोग गर्ने प्रयास गर्नेछु।’

सन् २००३–२००५ सम्म सेभियामा बिताएका उनी १९ वर्षको उमेरमा त्यो वेलाको कीर्तिमानी मूल्यमा रियल मड्रिड आएका थिए। सेभियामा ५० खेल खेल्दै ३ गोल गरेका छन्।

रियलमा १६ वर्ष बिताएका रामोसले ५ ला लिगा र ४ च्याम्पियन्स लिगसहित २२ ट्रफी जितेका छन्। त्यसपछि उनले २ सिजन फ्रेन्च क्लब पिएसजीबाट खेले।

स्पेनिस राष्ट्रिय टिमको समेत कप्तानी गरेका उनी स्पेनले लागतार २ युरोकप र विश्वकप जित्दा टिमको सदस्य थिए। स्पेनबाट उनले १८० खेल खेलेका छन्।

प्रकाशित मिति: ११:२० बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्