Kathmandu Press

४५ मिनेटपछि खेल सुरु हुने, भारतलाई २० ओभरमा १३० रनको नयाँ लक्ष्य

क्रिकइन्फोकाअनुसार खेल २० ओभरमा झारिने जनाएको छ। २० ओभरमा खेल झारिए भारतले १३० रनको नयाँ लक्ष्य पाउनेछ।
४५ मिनेटपछि खेल सुरु हुने, भारतलाई २० ओभरमा १३० रनको नयाँ लक्ष्य

काठमाडाैं, भदाै १८ : वर्षा बाधक बनेको नेपाल र भारतविरुद्धको एसिया कपको ४५ मिनेटपछि सुरु हुने भएको छ।

श्रीलंकास्थित पेल्लेकेले रंगशालामा वर्षा रोकिएपछि खेल सुरु हुने भएको हो। ग्राउन्डस्टाफले अहिले कभर हटाइरहेका छन्।

क्रिकेटसम्बन्धी न्यूजपोर्टल क्रिकइन्फोकाअनुसार खेल २० ओभरमा झारिने जनाएको छ। २० ओभरमा खेल झारिए भारतले १३० रनको नयाँ लक्ष्य पाउनेछ। तर, यसको औपचारिक घोषणा भने भएको छैनस।

समूहको अन्तिम खेल वर्षका कारण दुवै इनिङ प्रभावित बनेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले वर्षाले खेल रोकिँदा २.१ ओभरमा विनाक्षति १७ रन बनाएको थियो। उसका कप्तान रोहित शर्माले ७ बलमा ४ रन बनाएका छन् भने शुभमन गिलले ७ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएका छन्।

भारतविरुद्ध करण केसीले पहिलो ओभर उत्कृष्ट बलिङ गरेका थिए। उनले रोहित शर्मालाई पटक पटक बिट गरेका थिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८।२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो । पहिलो पटक भारतविरुद्ध खेलेको नेपालका लागि आसिफ सेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन बनाए।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिए।

प्रकाशित मिति: २२:०० बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्