Kathmandu Press

नेपाल र भारतबीचको खेलमा फेरि वर्षा बाधक

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले वर्षाले खेल रोकिँदा २.१ ओभरमा विनाक्षति १७ रन बनाएको छ।
नेपाल र भारतबीचको खेलमा फेरि वर्षा बाधक

काठमाडाैं, भदाै १८ : श्रीलंकामा जारी एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेलमा फेरि वर्षा बाधक बनेको छ। पहिलो इनिङमा पनि वर्षाका कारण करिब १ घण्टा रोकिएको खेल दोस्रो इनिङको तेस्रो ओभर चलिरहँदा वर्षा भएपनि फेरिक रोकिएको छ।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले वर्षाले खेल रोकिँदा २.१ ओभरमा विनाक्षति १७ रन बनाएको छ। उसका कप्तान रोहित शर्माले ७ बलमा ४ रन बनाएका छन् भने शुभमन गिलले ७ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएका छन्।

भारतविरुद्ध करण केसीले पहिलो ओभर उत्कृष्ट बलिङ गरेका थिए। उनले रोहित शर्मालाई पटक पटक बिट गरेका थिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो । पहिलो पटक भारतविरुद्ध खेलेको नेपालका लागि आसिफ सेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन बनाए।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान २ विकेट लिए।

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्