Kathmandu Press

दीपेन्द्र आउट, नेपालको सातौं विकेट पतन

दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग ५० रनको महत्वपूर्ण साझेदारी गरे। सोमपाल ३६ बलमा २६ रन बनाएर खेलिरहेका छन्।
दीपेन्द्र आउट, नेपालको सातौं विकेट पतन

काठमाडाैं, भदाै १८ : एसिया कपअन्तर्गत भारतविरुद्ध जारी खेलमा नेपालले सातौं विकेट गुमाएको छ। श्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सातौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो।

हार्दिक पाण्ड्याको बलमा एलबिडब्लु आउट भएका दीपेन्द्रले २५ बलमा ३ चौका प्हार गर्दै २९ रन बनाए। दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग ५० रनको महत्वपूर्ण साझेदारी गरे। सोमपाल ३६ बलमा २६ रन बनाएर खेलिरहेका छन्।

ताजा अवस्थामा नेपालले ४३ ओभरको समाप्तिमा  ७ विकेटको क्षतिमा १९७ रन बनाएको छ।

त्यसअघि नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए। मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि उनले ९७ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। उनी एसिया कप क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।।

यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए। उनले २५ बलमा ३ चोका र २ छक्का प्रहार गरे। आसिफ र कुशल पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

यी दुईका अलावा गुल्सन झाले ३५बलम ३ चौका प्रहार गर्दै ३५ रन बनाए भने भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाए।

भारतका रविन्द्र जडेजाले ३ तथा शार्दुल ठाकुर, हार्दिक पाण्ड्या र मोहम्मद सिराजले समान १ विकेट लिए।

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्