Kathmandu Press

वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल सुरु

श्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा पहिलो इनिङको ३८औं ओभर चलिरहँदा वर्ष भएपछि खेल रोकिएको थियो। खेल रोकिएको करिब १ घण्टापछि खेल सुरु भएको हो।
वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल सुरु

काठमाडौं, भदौ १८ : वर्षाले रोकिएको एसिया कपअन्तर्गतको नेपाल र भारतबीचको खेल सुरु भएको छ।

श्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा पहिलो इनिङको ३८औं ओभर चलिरहँदा वर्ष भएपछि खेल रोकिएको थियो। खेल रोकिएको करिब १ घण्टापछि खेल सुरु भएको हो।

क्रिजमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन्। दीपेन्द्र २० बलमा २७ रन र सोमपाल २० बलमा ११ रन बनाएर खेलिरहेका छन्।

वर्षाले खेल रोकिँदा पहिला ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियाे।

त्यसअघि नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए। मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि उनले ९७ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। उनी एसिया कप क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।।

यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए। उनले २५ बलमा ३ चोका र २ छक्का प्रहार गरे। आसिफ र कुशल पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

यी दुईका अलावा गुल्सन झाले ३५बलम ३ चौका प्रहार गर्दै ३५ रन बनाए भने भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाए।

भारतका रविन्द्र जडेजाले ३ तथा शार्दुल ठाकुर र मोहम्मद सिराजले समान १ विकेट लिए।

प्रकाशित मिति: १९:०३ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्