Kathmandu Press

नेपाल र भारतबीचको खेल वर्षाले रोकियो

श्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा पहिलो इनिङको ३८औं ओभर चलिरहँदा वर्ष भएपछि खेल रोकिएको हो।
नेपाल र भारतबीचको खेल वर्षाले रोकियो

काठमाडाैं, भदाै १८ : एसिया कप अन्तर्गत जारी नेपाल र भारतबीचको खेल वर्षाले रोकिएको छ। श्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा पहिलो इनिङको ३८औं ओभर चलिरहँदा वर्ष भएपछि खेल रोकिएको हो।

वर्षाले खेल रोकिँदा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। पहिलो पटक भारतसँग सिनियर लेभलमा खेलिरहेको नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ।

क्रिजमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन्। दीपेन्द्र २० बलमा २७ रन र सोमपाल २० बलमा ११ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए। मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि उनले ९७ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। उनी एसिया कप क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।।

यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए। उनले २५ बलमा ३ चोका र २ छक्का प्रहार गरे। आसिफ र कुशल पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

यी दुईका अलावा गुल्सन झाले ३५बलम ३ चौका प्रहार गर्दै ३५ रन बनाए भने भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाए।

भारतका रविन्द्र जडेजाले ३ तथा शार्दुल ठाकुर र मोहम्मद सिराजले समान १ विकेट लिए।

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्