Kathmandu Press

नेपालको पाँचौं विकेट गुम्यो, आसिफ ५८ रनमा आउट

मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि उनले ९७ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। उनी एसिया कप क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बने।
नेपालको पाँचौं विकेट गुम्यो, आसिफ ५८ रनमा आउट

काठमाडाैं, भदाै १८ : एसिया कप क्रकेटको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पाँचौं विकेट गुमाएको छ। श्रीलंकास्थित पेल्लेकेल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पाँचौं विकेटका रुपमा आसिफ सेखलाई गुमायो।

मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि उनले ९७ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। उनी एसिया कप क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बने।

त्यसअघि कुशल र आसिफले नेपाललाइृ राम्रो सुरुआत दिलाएका थिए। उनीहरुले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।

आसिफका अलावा कुशल भुर्तेलले ३८ रन बनाए। उनले २५ बलमा ३ चोका र २ छक्का प्रहार गरे।यस्तै, भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाए।

ताजा अवस्थामा नेपालले ३० ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको छ। क्रिजमा गुल्सन झा १८ र दीपेन्द्रसिंह ऐरी १ रन बनाएर खेलिरहेका छन्।

भारतका रविन्द्र जडेजाले ३ तथा शार्दुल ठाकुर र सिराजले समान १ विकेट लिए।

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्