Kathmandu Press

सय रन बनाउँदा नेपालको चौथो विकेट गुम्यो, कुशल मल्ल आउट

श्रीलंकास्थित पेल्लेकेल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई २ रन गुमायो।
सय रन बनाउँदा नेपालको चौथो विकेट गुम्यो, कुशल मल्ल आउट

काठमाडाैं, भदाै १८ : एसिया कप क्रिकेटको समूहको अन्तिम खेलमो भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ४ विकेट गुमाएको छ।

श्रीलंकास्थित पेल्लेकेल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई २ रन गुमायो। रविन्द्र जडेजाको बलमा मोहम्मद सिराजबाट क्याच आउट भएका उनले ५ बलमात्र खेले ।

ताजा अवस्थामा नेपालले २४औं ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १०८ रन बनाएको छ । क्रिजमा आसिफ सेख ९७ बलमा ४७ रन बनाएर खेलिरहेका छन् भने उनलाई गुल्सन झाले साथ दिइरहेका छन्।

त्यसअघि पहिलो विकेटका रुपमा कुशल भुर्तेल ३८ रन बनाए। आक्रामक ब्याटिङ गरेका उनी दशौं ओभरको पाँचौं बलमा आउट भए। सार्दुल ठाकुरको बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै भीम सार्की रविन्द्र जडेजाको बलमा इन्साइड एज लागेर बोल्ड भए। उनले १७ बलमा ७ रन बनाए। जडेजाकै बलमा कप्तान रोहित पौडेल ५ रनमा स्लिपमा रोहित शर्माबाट क्याच आउट भए।

नेपाललाई दुई ओभरले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए।

 

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्