Kathmandu Press

नेपाललाई दोस्रो झट्का, भीम सार्की ७ रनमा आउट

दाेस्राे विकेटका रूपमा भीम सार्की रविन्द्र जडेजाको बलमा इन्साइड एज लागेर बोल्ड भए। उनले १७ बलमा ७ रन बनाए।
नेपाललाई दोस्रो झट्का, भीम सार्की ७ रनमा आउट

काठमाडाैं, भदाै १८ : एसिया क्रिकेटमा भारतविरुद्ध खेरिहेको नेपालले दोस्रो विकेट गुमाएको छ। श्रीलंकास्थित पेल्लेकेल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १६औं ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा भीम सार्कीलाई गुमायो।

भीम सार्की रविन्द्र जडेजाको बलमा इन्साइड एज लागेर बोल्ड भए। उनले १७ बलमा ७ रन बनाए।

दोस्रो विकेट गुमाए पनि भारतविरुद्ध नेपालले राम्रो ब्याटिङ गरेको छ। नेपाललाई दुई ओभरले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए।

पहिलो विकेटका रुपमा कुशल भुर्तेल ३८ रनमा आउट भए। आक्रामक ब्याटिङ गरेका उनी दशौं ओभरको पाँचौं बलमा आउट भए। सार्दुल ठाकुरको बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

कुशल र आसिफले नेपाललाई राम्रो सुरुआत दिलाए। उनीहरुले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे। आसिफ ६० बलमा ६ चौका प्रहार गर्दै ३६ रन बनाएर क्रिजमा छन्। उनलाई कप्तान रोहितकुमार पौडेलले साथ दिइरहेका छन्।

ताजा अवस्थामा नेपालले १७ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ८५ रन बनाएको छ।

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्