Kathmandu Press

नेपाललाई राम्राे सुरुआत दिलाएर कुशल भुर्तेल आउट

नेपाली ओनपरद्वय कुशल भुर्तेल र आसिफ सेखले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका हुन्।
नेपाललाई राम्राे सुरुआत दिलाएर कुशल भुर्तेल आउट

काठमाडाैं, भदाै १८ : एसिया कप अन्तर्गत भारविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ। नेपाली ओनपरद्वय कुशल भुर्तेल र आसिफ सेखले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका हुन्।

यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गरे। कुशलले ३८ र आसिफले २३ रन बनाए।

पहिलो विकेटका रुपमा नेपालले आक्रामक ब्याटिङ गरेका कुशल ३८ रन आउट भए। सार्दुल ठाकुरको बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

आसिफले ३४ बलमा ४ चौका प्रहार गर्दैै २३ रन बनाएका छन्।

आसिफसँगै अहिले क्रिजमा भीम सार्की आएका छन्। उनलाई आरिफ सेखको स्थानमा भारतविरुद्ध टिममा राखिएको थियो

 

प्रकाशित मिति: १६:०० बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्