म्यानमार जाने राष्ट्रिय फुटबल टोलीको बिदाइ
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
काठमाडाैं, भदाै १८ : म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। सोमबार ललितपुरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाइ गरेको हो।
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
यस खेलका लागी नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।
बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक भिन्सेन्जवले प्रतियोगीताका लागि नेपाल टोलीका सवै खेलाडी फिट रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।
आगामी दिनमा हुने ठूला छनौट प्रतियोगीताका लागि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उनको भनाइ छ। त्यस्तै डिफेन्डर अनन्त तामाङले म्यानमारसंग खेल्नका लागि नयाँ खेलाडीहरु पनि तयार भएको र राम्रो खेल प्रदर्शन गर्ने बताए।
मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुने छ। एन्फाका अनुसार यी दुई मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत हुन लागिएको हो।











