Kathmandu Press

कतारलाई हराउँदै नेपाल महिला टि–२० विश्वकप छनोटको सेमिफाइनलमा

मलेसियामा जारी छनोटमा लागतार चौथो जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो।
कतारलाई हराउँदै नेपाल महिला टि–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं, भदौ १८ : नेपाली महिला राष्ट्रिय क्रिकेट टिम महिला टि–२० विश्वपकको एसिया छनोटको सेमिफाइनलमा पुगेको छ। मलेसियामा जारी छनोटमा लागतार चौथो जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

लगातर चौथो जित निकाल्ने क्रममा नेपालले सोमबार कतारलाई ९ विकेटले हरायो। यसअघि नेपालले आयोजक मलेसिया, बहराइन र भुटानलाई हराएको थियो।

सोमबार पहिला ब्याटिङ गर्दै कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभरमो १ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि ओपनर काजल श्रेष्ठले २८ बलमा ३२ रन बनाइन् । उनले चार चौका पनि प्रहार गरिन्।

यस्तै, नटआउट गरहेकी अर्की ओभपनर सीता रानामगर २३ बलमा १७ रन बनाएर नटआउट रहिन्। सीता र काजलले पहिलो विकेटका लागि ४७ रनको निर्णायक साझेदारी गरेका थिए।

यस्तै इन्दु वर्माले १२ बलमा ३ चौका प्रहार गर्दै २० रन बनाइन्। नेपालको एकमात्र विकेट सबिजा पनायानले लिइन्।

टस हारेर पहिला ब्याटिङ गरेको कतारले २० ओभरमा ७ विकेटको क्षति गुमाएर ७४ रन बनायो । उसका साची धडवालाले सर्वाधिक २१ रन बनाउँदा एलिना खानले १५ र एन्जिली मारेले १४ रनको योगदान दिइन्।

बलिङमा नेपालीका इन्दु बर्माले ३ विकेट लिइन्। यस्तै, पूजा महतो र कविता जोशीले समान १ विकेट लिए।

अब नेपालले समूहको खेलमा यूएईसँग खेल्ने छ। यो खेलले समूह विजेताको टुंगो लगाउने छ। प्रतियोगितको फाइनल पुग्ने दुई टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ।

 

 

प्रकाशित मिति: १०:५२ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्