Kathmandu Press

बिग बासमा बिकेनन् नेपाली क्रिकेटर

आइतबार भएको ड्राफ्टमा लेगस्पिनर सन्दीपसहित सूचीमा रहेका पाँचै क्रिकेटरमाथि कुनै पनि टिमले चासो दिएनन्।
बिग बासमा बिकेनन् नेपाली क्रिकेटर

काठमाडाैं, भदाै १७ : बिग बास लिगको ड्राफ्टको सूचीमा रहेका सबै नेपाली क्रिकेटर अनसोल्ड भएका छन्। आइतबार भएको ड्राफ्टमा लेगस्पिनर सन्दीपसहित सूचीमा रहेका पाँचै क्रिकेटरमाथि कुनै पनि टिमले चासो दिएनन्।

ड्राफ्टमा सन्दीपसहित विकेटकिपर ब्याट्सम्यानद्वय आसिफ सेख र अर्जुन साउद, मिडलअर्डर ब्याट्सम्यानद्वय आरिफ सेख र देव खनाल थिए। सन्दीपले यसअघि तीन सिजन बिग बास लिग खेलिसकेका छन्। उनी लागतार दोस्रो सिजन बिगबासमा अनसोल्ड भएका हुन्।

विग बासमा यो सिजन नेपाली खेलाडीसँगै कुनै पनि एसोसिट्स खेलाडी बिक्न सकेनन्।

सोमबार भएको ड्राफ्टबाट ८ टिमले २१ विदेशी खेलाडी अनुबन्धन गरेका छन्।

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्