Kathmandu Press

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या दुई हजार दुई सय भन्दा बढी

काठमाडौं, फागुन ९ : कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुने व्यक्तीको संख्या दुई हजार दुई सय ३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जन....

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या दुई हजार दुई सय भन्दा बढी

काठमाडौं, फागुन ९ : कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुने व्यक्तीको संख्या दुई हजार दुई सय ३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन्।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ।

भाइरसको संक्रमित व्यक्तीको संख्या भने ७५ हजार पाँच सय ७६ रहेका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, फागुन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्