Kathmandu Press

सुनको मूल्य अहिलेसम्मकै उच्च, ७८ हजार नाघ्यो

काठमाडौं, फागुन ९ : सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी माहासंघका अनुसार, शुक्रबार छापावल सुन प्रतितोला....

सुनको मूल्य अहिलेसम्मकै उच्च, ७८ हजार नाघ्यो

काठमाडौं, फागुन ९ : सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी माहासंघका अनुसार, शुक्रबार छापावल सुन प्रतितोला मूल्य ७८ हजार एक सय रुपैयाँ पुगेको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ७७ हजार आठ सय रुपैयाँ पुगेको छ।

बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो। सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको महासंघले जनाएको छ।

यसैगरि, चाँदी प्रतितोला नौ सय १५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने केही दिनदेखि स्थिर रहेको छ।

चीनमा फैलिएको कोरोना भाइरसले अन्तर्राष्ट्रिय करोबार प्रभावित हुँदा सुनको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजार मूल्य प्रभावित हुँदा नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ।

 

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, फागुन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्