Kathmandu Press

युरोपा लिग : आर्सनल र वुल्भ्स विजयी, रोकियो युनाइटेड

काठमाडौं, फागुन ९ : युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगका नकआउट चरणका खेल बिहीबार रातिबाट सुरू भएका छन्। अन्तिम ३२ को पहिलो खेलमा इं....

युरोपा लिग : आर्सनल र वुल्भ्स विजयी, रोकियो युनाइटेड

काठमाडौं, फागुन ९ : युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगका नकआउट चरणका खेल बिहीबार रातिबाट सुरू भएका छन्। अन्तिम ३२ को पहिलो खेलमा इंग्लिस क्लब आर्सन र वुल्भ्स विजयी हुँदा अर्को इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ।

बिहीबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पिकाओसलाई १–० ले हरायो भने वुल्भ्सले स्पेनिस क्लब इस्पोनियोललाई ४–० ले पाखा लगायो। यता युनाइटेड भने बेल्जियमको क्लब ब्रुगासँग १–१ गोलको बराबरीमा रोकियो।

फ्रेन्च स्ट्राइक अलेक्जान्डर लाकाजेटले निर्णायक गोलको मद्दतमा आर्सनलले ओलम्पिकाओसलाई उसकै मैदान मा १–० ले पारजित गरेको होे। लाकाजेटले ८१औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। खेलमा दबाब बनाएपनि फनिसिङमा चुक्दा आर्सनलले जितका लागि निकै संघर्ष गर्नुपरेको थियो।

यसैगरी वुल्भ्सले पोर्चुगिज स्ट्राइकर डिएगो जोटाको ह्याट्रिकको मद्दतमा स्पानियोललाई ४–० ले हरायो। अर्को गोल पोर्चुगिज मिडफिल्डर रुवेन नेभेसको नाममा रह्यो। जोटाले खेलको १५, ६७ र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने नेभेसले ५२औं मिनेटमा गोल गरेका थिए।

इंग्लिस क्लब युनाइटेड भने ब्रुगासँग १–१ गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदानमा ब्रुगाले १५औं इमानुअल बेनाभेन्टुरको गोलमा अग्रता लियो।

३६औं फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सियलले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकियो।

युरोपा लिगकै अन्य खेलमा अन्तिम ३२ अन्तर्गतकै पहिलो लेगमा स्पेनिस क्लब गेटाफेले आयाक्सलाई २–० ले हराएको छ। इटालियन क्लब रोमाले जेन्टलाई १–० ले पराजित गर्दा बायर लिभरकुसेनले पोर्टोलाई २–१ ले हराएको छ।

स्पेनिस क्लब सेभिया भने क्लुजसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

 

 

प्रकाशित मिति: १२:०५ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्