Kathmandu Press

अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफको भेला 

सिड्नी, फागुन ७ : अस्ट्रेलियामा  नेपाली रेष्टुरेन्ट  व्यवसायमा संग्लग्न नेपाली सेफहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफको भेला 

सिड्नी, फागुन ७ : अस्ट्रेलियामा  नेपाली रेष्टुरेन्ट  व्यवसायमा संग्लग्न नेपाली सेफहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

टु टेबल्स र नेपाल टुरिजम बोर्डको एक्स्पेरिएन्स नेपाल नामक अभियानको संयुक्त आयोजनामा क्याम्सीस्थित एडिज् किचेनमा फागुन ६ गते सम्पन्न भेलामा नेपाली सेफहरुले नेपाली खाना विस्तारको सम्भावना तथा चुनौतीका विषयमा छलफल गरेका हुन् ।

नेपाली समुदायको बसाइ दुई दशकभन्दा बढी भइसकेपनि अन्य समुदायका रेष्टुरेन्ट जस्तो नेपाली खानाले व्यापकता भने पाउन नसकेको भन्दै नेपाली सेफहरुले उक्त अन्तरक्रिया कार्यक्रम गरेको टु टेबल्सका सेफ सुरज प्रधानले बताए । उक्त अन्तरक्रियात्मक छलफलका सहभागीहरुले अस्ट्रेलियामा नेपाली सेफहरु संगठित हुनुपर्ने  सुझाव दिएका थिए । 

Hardik ivf

कार्यक्रममा अस्ट्रेलियामा पहिलो नेपाली रेष्टुरेन्टका संस्थापक तथा अभिभावक डा. नारायण प्रधानले अस्ट्रेलियामा नेपाली खानालाई व्यवसायिक रुपमा सुरु गर्दाको आफ्नो अनुभव सुनाउँदै भने, ‘पहिले हामीले नेपाल चिनाउनकै लागि नेपाली रेष्टुरेन्ट स्थापना गरेका थियौं भने अब व्यवसायीक रुपमा नयाँ पुस्ताले विस्तार गर्नुपर्छ ।’

त्यस्तै, कार्यक्रममा गुठी अस्ट्रेलियाका सल्लाहकार तथा पर्यटन अभियन्ता पदम शाक्यले अस्ट्रेलियामा नेपाली रेष्टुरेन्ट स्थापित हुँदा नेपालको फुड टुरिजम प्रबर्धन हुने र  त्यसका लागि नेपाली सेफ तथा रेष्टुरेन्ट व्यवसायीहरु संगठित भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै एडिज किचेनका अमित र अन्जना ढकालले अस्ट्रेलियामा नेपाली खाना स्थापित हुने क्रममा रहेकाले एक अर्कालाई सहयोग गर्दै हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए  । 

टु टेबल्सका सुरज प्रधानले अहिले अस्ट्रेलियामा नेपाली खाना उद्योगको अवस्था ४० वर्षअघिको इटालियन खाना उद्योगको जस्तै रहेको बताउँदै भने, ‘मैले अध्ययन गर्दा के पाएको छु भने त्यतिबेला इटालियन खाना उद्योग यतिबेला हाम्रोजस्तै थियो र उनीहरुले एक भएर परिषद् गठन गरे र अघि बढे । अहिले इटालियन खाना विश्वभर स्थापित भएको छ ।' 

वर्ल्ड फुड टुरिजम संगठनको नेपालका लागि एम्बासडर रहेका प्रधानले यहि मे २३ र २४ मा काठमाडौँमा एसियाकै पहिलो फुड टुरिजम समिट आयोजना गर्न लागेको पनि बताए ।

टु टेबल्सकै शिशिर कंडेलले नेपाली खानाको मौलिकता हराउँदै गएको र यसको बारे खोज-अनुसन्धान अपरिहार्य रहेकोले अहिलेका युवा सेफहरुले नेपाली खानाको मौलिकतालाई प्रबर्धन गर्दै समयानुकुल परिस्कृत पनि गर्दै जानु पर्ने बताए l 

उक्त छलफलमा सेफ हरि लामिछानेले भने, ‘नेपाली सेफहरु संगठित हुँदै आफ्नो सीप विकास गरेमा व्यवसाय विस्तारमा निकै फाइदा पुग्नसक्ने बताए भने सेफ अशोक तमाङ्गले पनि सबैजना सेफहरु एकीकृत भई अगाडी बढ्नुपर्ने विचार राखे ।

कार्यक्रममा परशुराम पाठक, गौरभ भुषाल, सागर श्रेष्ठ, सचिन श्रेष्ठलगायतका सेफहरुले पनि यहि धारणा व्यक्त गरेका थिए । त्यसैगरी, रेस्टुरेन्ट व्यवसायी अशोक तिमिल्सिना, पुस्कल थकाली, गम्भीर सापकोटाहरुले पनि नेपालमा विभिन्न समुदायको खाना पहिचान गरी एउटै मेन्यु बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

टु टेबल्सले छिट्टै नेपाली खाना र फुड टुरिजम प्रबर्धनका लागि नयाँ कार्यक्रमहरु लिएर आउने जानकारीसमेत दिएको थियो ।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्