Kathmandu Press

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

कुल ३७ मत मध्ये पारसले २३ मत ल्याउँदा उमेश पियालाई १४ मत मात्र प्राप्त गरे।
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं, भदौ १५ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष बनेका छन्।

शुक्रबार भएको बागमती प्रदेश क्रिकेट संघको दोस्रो अधिवेशनमा उमेश पियालाई पराजित गर्दै पारस अध्यक्ष निर्वाचित भएका छन्। कुल ३७ मत मध्ये पारसले २३ मत ल्याउँदा पियाले १४ मत मात्र प्राप्त गरे।

बागमती प्रदेशका ६ जिल्ला संघ मध्ये पारसलाई ४ जिल्ला संघको समर्थन थिए।

यस्तै उपाध्यक्षमा प्रेम क्षेत्री विजयी हुँदा सचिवमा प्रशन्न शाक्य निर्वाचित भए। यस्तै, कोषाध्यक्षमा सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए।

सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए। राष्ट्रिय महिला टिमकी पूर्वकप्तान निरा राजोपाध्याय निर्विारोध भएकी थिइन्।

कार्यसमितिका १३ जना मध्ये १२ जना पारसको टिमबाट चयन भएका छन्।

प्रकाशित मिति: १८:५६ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्