शाहिदसँगको ब्रेकअपबारे १३ वर्षपछि बोलिन् करिना
काठमाडौं, फागुन ९ : करीना कपूर र शाहिद कपूरको ‘जब वी मेट’ फिल्मको सुटिङ सकियो, लगत्तै ब्रेकअप पनि भयो। त्यसपछि लामो समय उनीहरू समाचारको वि....

काठमाडौं, फागुन ९ : करीना कपूर र शाहिद कपूरको ‘जब वी मेट’ फिल्मको सुटिङ सकियो, लगत्तै ब्रेकअप पनि भयो। त्यसपछि लामो समय उनीहरू समाचारको विषय बने।
तर, यस विषयमा करीना र शाहिद कहिल्यै केही बोलिनन्। करीनाले भने शाहिदसँग ब्रेकअप भएको १३ वर्षपछि मुख खोलेकी छन्। उनले हालै एक कार्यक्रममा शाहिदसँगको सम्बन्धबारे खुलेर कुराकानी गरेकी छन्।
‘जब वी मेट’ फिल्ममा खेल्न करीना तयार थिइनन्। त्यसका लागि पनि शाहिदले नै राजी गराएको उनले बताएकी छन्। ‘त्यो वेला म शाहिदसँग डेट गरिरहेकी थिएँ। उनले नै मलाई जब वी मेट खेल्नका लागि मनाएका थिए,’ करीनाले भनेकी छन्।
‘जब वी मेट’ फिल्मको सुटिङ नसकिँदै आफू इम्तियाज अलीको ‘टसन’ फिल्मको सुटिङका लागि तयारीमा लागेको उनले बताएकी छन्। त्यसका लागि उनले आफ्नो तौल घटाएर जिरो फिगरमा बनाएको खुलाएकी छन्।
‘टशन’ फिल्ममा शैफ अलि खान, अक्षय कुमार, अनिल कपूर, इब्राहिम खानलगायतको भूमिका रहेको थियो। त्यो फिल्मले आफ्नो करिअर नै बदलिने उनको विश्वास थियो। ‘टशनले मेरो करिअर नै बदल्छ, एकदम हिट हुन्छ भन्ने सोचेकी थिएँ’ करीनाले भनेकी छन्।
‘जब वी मेट’ फिल्म आएसँगै शाहिदसँगको सम्बन्ध बिग्रिएको उनले बताएकी छन्। ‘भाग्यको अर्कैै लेखा हुन्छ। जब वी मेटदेखि टशन फिल्मको सुटिङबीच धेरै बदलियो,’ उनले भनेकी छन्। शाहिदसँग सम्बन्धमा तनाव आएसँगै शैफ अलि खानसँग सुटिङमा व्यस्त रहेकी उनले त्यहिवेला नयाँ सम्बन्ध सुरू भएको सुनाएकी छन्।
उनी ‘जब वी मेट’ले आफ्नो करियर र ‘टशन’ जिन्दगी बदलेको बताउँछिन्। किनकि, ‘जब वी मेट’ उनको सबैभन्दा सफल फिल्म हो भने ‘टशन’ पछि उनको जीवनमा शैफ अलि खान आए।












