चीनबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि आक्रमण
काठमाडौं, फागुन ९ : युक्रेनमा चीनको वुहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि आक्रमण भएको छ । चीनबाट ल्याइएका ४५ युक्रेनी र अन्य देशका २७ जना मान....

काठमाडौं, फागुन ९ : युक्रेनमा चीनको वुहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि आक्रमण भएको छ । चीनबाट ल्याइएका ४५ युक्रेनी र अन्य देशका २७ जना मानिस चढेको बसमाथि सडकमा उत्रिएका आन्दोलनकारीले आक्रमण गरेका हुन् ।
बीबीसीका अनुसार, उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिँदै थियो । त्यही क्रममा सडकमा निस्किएका प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेका हुन् ।
उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् । यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् ।












