Kathmandu Press

टि-२० महिला विश्वकप छनोटमा मलेसियामाथि नेपालकाे जित

बिहीबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ५ रनले हराउँदै छनोटमा विजयी सुरुआत गरेको हो।
टि-२० महिला विश्वकप छनोटमा मलेसियामाथि नेपालकाे जित

काठमाडौं, भदौ  १४ : टि-२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। बिहीबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ५ रनले हराउँदै छनोटमा विजयी सुरुआत गरेको हो।

क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमो ९ विकेटको गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि मलेसियाका लागि विनीफ्रेड दुरैसिंघमले सर्वाधिक २८ रन बनाउँदा ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रनको योगदान दिइन्।

बलिङमा नेपालका लागि कविता कुँवर र कविता जोशीले समान २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र अश्मिना कर्माचार्यले समान एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनायो।  नेपालका लागि ओपनर सीता रानामगरले नटआउट सर्वाधिक ३८ रन बनाइन। उनले ५४ बल खेल्दै एक चौका प्रहार गरिन्।

यस्तै अफसरी बेगमले १७ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १२ रनको योगदान दिइन्। अन्यले भने गतिलो योगदान दिनसकेनन्। मलेसियाका ऐना हामिजाले २ विकेट लिइन्।

एसिया छनोटमा नेपाल समूह एमा छ। यो समूहमा नेपाल र मलेसियासँगै बहराइन, भुटान, कतार र युएई छन्। नेपालले शुक्रबार दोस्रो खेल बहराइनसँग खेल्ने छ।

एसिया क्षेत्र छनोटबाट फाइलन पुग्ने दुईले टि–२० महिला विश्वकपमा स्थान बनाउने छन्।

प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्