Kathmandu Press

‘म मक्किएको धुरी खाँवो’ गीति एल्बमको विमोचन 

काठमाडौं, फागुन ८ : गायक जगत मर्दन थापाको पाँचौ गीति एल्बम ‘म मक्किएको धुरी खाँवो’ विमोचन गरिएको छ।
 
बिहीबार लाजिम्पाट....

‘म मक्किएको धुरी खाँवो’ गीति एल्बमको विमोचन 
Hardik ivf

काठमाडौं, फागुन ८ : गायक जगत मर्दन थापाको पाँचौ गीति एल्बम ‘म मक्किएको धुरी खाँवो’ विमोचन गरिएको छ।
 
बिहीबार लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजित एक कार्यक्रममा प्रमुुख अतिथि गायक प्रेमध्वज प्रधानले उक्त एल्बमको विमोचन गरेका हुन्। विमोचनमा विशेष अतिथि गीतकार यादव खरेल तथा विश्लेषक प्रकाश शायामी तथा एल्बम निर्माता मोहित मर्दन थापा सहभागी थिए।

विमोचन कार्यक्रममा बोल्दै गायक प्रेमध्वज प्रधानले जगत मर्दनको ८४ औं बसन्तमा पनि गीत संगीतप्रतिको लगावलाई खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा गायिका उषा शेरचन, नायिका भुवन चन्द, संगीतकार शम्भुजित बाँसकोटा लगायतको उपस्थिति थियो।
 
सात वटा गीत रहेको उक्त एल्बममा ‘म मक्किएको धुरी खाँवो’ गीतमा उनलाई गायक दिपेश किशोर भट्टराई पनि साथ दिएका छन्। गीतकार हर्क साउद रहेका छन् भने संगीत कल्याण सिंहले दिएका छन्। उदयराज पौडेलले एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा टिका पहाडीले अभिनय गरेका छन्।

जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले ६ वटा गीतको प्रस्तुति दिँदा कार्यक्रम संगीतमय भएको थियो।

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्