Kathmandu Press

नेपालको खराब सुरुआत, पहिलो ओभरमै गुमायो २ विकेट

साहिद साह अफ्रिदीलाई सुरुआती २ बलमा चौका प्रहार गर्र्दै राम्रो सुरुआत गरेको नेपालले त्यही ओभरको अन्तिम २ बलमा लागतार विकेट गुमायो।
नेपालको खराब सुरुआत, पहिलो ओभरमै गुमायो २ विकेट

काठमाडाैं, भदाै १३ : एसिया कप क्रिकेटको डेब्यू खेलमा नेपालले ब्याटिङमा खराब सुरआत गरेको छ। मुस्ताल क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै २ विकेटको गुमाउँदै खराब सुरुआत गरेको छ।

साहिद साह अफ्रिदीलाई सुरुआती २ बलमा चौका प्रहार गर्र्दै राम्रो सुरुआत गरेको नेपालले त्यही ओभरको अन्तिम २ बलमा लागतार विकेट गुमायो।

पाँचौं बलमा कुलश भुर्तेल विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए भने अन्तिम बलमा कप्तान रोहितकुमार पौडेल एलबिडब्लु आउट भए। कुशलले २ चौका मद्दछमा ९ रन बनाउँदा रोहित गोल्डेन डकआउट भए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर अजाम र इफ्तिखर अहमदको शतक मद्दतमा निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो।

प्रकाशित मिति: १९:४७ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्